मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पूरा

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
शुक्रबारबाट काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांकेटमा संगठनको प्रथम राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संगठनका महासचिव भूपराज खड्काले बताए ।
२५ जेठ २०८०, बिहीबार

काठमाडौ । समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबारबाट काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांकेटमा संगठनको प्रथम राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संगठनका महासचिव भूपराज खड्काले बताए ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र समापनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताए । उनीहरुलाई सुन्धारामा खान र बस्नेका लागि व्यवस्था गरिएको छ ।

अध्यक्ष श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समितिले महाधिवेशनका लागि तयारी गर्ने काम गरेको हो । यस महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै