बाँके । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा शाखाका कागजात जलाएको छ ।
आज बुधबार राती साढे ८ बजेतिर ८–१० जना मोटरसाइकिलमा आएका युवाहरुको समुहले एक्कासी कार्यालयमा प्रबेश गरी पालिकाका अध्यक्ष र उपाध्यक्षको कोठाको ढोका तोडफोड गरेका छन ।
उक्त समुहले लेखा शाखाको ताला फोडेर भित्र पसी सम्पुर्ण कागजातहरु बाहिर ल्याएर आगोले जलाएको डुडुवा नगर प्रहरी इन्चार्ज दिपक तिम्लिसेनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाको कार्यालयमा संधै आईरहने स्थानीय युवा भएको र कर्मचारीको शंकामा गेटभित्र पस्न दिएका हौ । उहाँले भन्नुभयो, ‘एक्कैछिन पछि उनीहरुले आगो लगाएर लेखा शाखाको कागजातहरु जलाएर भागे छन ।’ उनीहरुले आज राती पालिकाको भवनमा समेत क्षति पुरयाउने धम्की समेत दिएका छन । जेएनजी समुहको नाममा घुसपैठ हुन सक्ने सम्बद्धहरुले बताएका छन ।