मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

औलोको उच्च जोखिममा डुडुवा ः तीन हजार ९९ जनालाई किटनाशकयुक्त झुल वितरण

Youth Today News 1+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो । 

वार्ड नंं. ४ अन्र्तगत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनु भयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं ४ मा केही दिन अघि पाँच जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासंगै सावधानीका लागि झुल वितरण गरिएको हो । 

वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्बेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । 

यसैगरी बाँकेको नरैनापुर गाउँपालिकामा औलोका सबैभन्दा बढी बिरामी भेटिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ को साउनदेखि हालसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा पाँच जना, राप्तीसोनारीमा पाँच जना, बैजनाथ गाउँपालिकामा एक जना, नेपालगन्ज उपमहानगरपालिकामा पाँच जनामा औलो रोगको बिरामी भेटिएको र अरू पालिकामा शून्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा छ । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार