मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

असहाय बाल संरक्षण केन्द्रकी तारा वलीलाई नाईस अवार्ड २०२४ प्रदान

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

बाँके । नाईस अवार्ड २०२४ बाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई प्रदान गरिएको छ । 

नाईस नेपालगन्जले नगद १० हजार सहित चौथो नाईस अवार्ड २०२४ वलीलाई प्रदान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, नाईस अवार्ड २०२२ प्राप्त गर्न सफल सामाजिक अगुवा प्रबेजअली शिद्धिकी, नाईस अवार्ड २०२३ प्राप्त गर्न सफल पत्रकार झलक गैरे, नाईस अवार्ड २०२१ प्राप्त गर्न सफल अभिराज क्षेत्री, बास नेपालका अध्यक्ष लुना बुढाथोकी र नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । 

सात बर्ष शिक्षण पेशा, २ बर्ष सञ्चार माध्यममा जोडिदै २०७७ देखि बाँकेको ग्रामिण क्षेत्रमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र सञ्चालन गरि बालवालिकाहरुको संरक्षणमा क्रियाशिल वली जिवनमा पारिवारिक हिंसाको सामना गर्दै अगाडी बढेकी महिला हुन । समाजमा सत्कर्म गरेर अगाडी बढ्नु पर्छ भन्ने मान्यताका साथ बाल संरक्षण केन्द्र सञ्चालन गरेकी वलीले गरेको साहस र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान बापत उक्त सम्मान प्रदान गरिएका आयोजकले जनाएको छ । 

अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले असल कार्य र सत्कर्मका साथ काम गरिरहेका ब्यक्ति वली सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मीले समाजका लागि उत्कृष्ट कार्य गरिरहेका वलीलाई गरेको सम्मान धेरैका लागि हौसला र प्रेरणा बन्ने बताउनु भएको थियो । 

नाईस अवार्ड २०२४ ग्रहण पश्चात बोल्दै तारा वलीले आफुले जिवनमा पाएको पिडाबाट पाठ सिक्दै बाल संरक्षण केन्द्र सञ्चालन गरिरहेका बेला नाईस नेपालगन्जले गरेको सम्मानले सामाजिक कार्यमा लाग्न थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले आफ्नो जिवनको संघर्ष स्मरण गर्दै सम्मान प्राप्त गर्दा हर्षले आसु खसालेकी वलीले खसेको आसु पुछ्दै हर्षित भएको जिकिर गर्नु भएको थियो । आफु रहुन्जेल समाजमा रहेका असहाय बालवालिकाहरुका लागि काम गर्ने वलीले को प्रतिबद्धता गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार