मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

एमसीसी कै कारण माओवादीमा बिग्रह आउँदैन - शिक्षा मन्त्री पौडेल

महमूद आलम खान 1132+ समाचार ( )
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण संघिय शिक्षा ऐन पारित हुन नसकेको बताउनु भयो ।
२१ फाल्गुन २०७८, शनिबार

बिनय पाठक / अजिज अहमद

बाँके । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण संघिय शिक्षा ऐन पारित हुन नसकेको बताउनु भयो ।

उहाले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने आफुले योजना बनाएर अगाडी बढेको जिकिर गर्नु भएको थियो ।

प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले व्यख्यात्मक घोषणा सहितको एमसीसी पासले देशलाई निकास दिएको दाबि गर्नु भयो ।

उहाँले व्याख्यात्मक घोषणा सहितको एमसीसी पास संगै गठबन्धन तिन तहको निर्वाचन सम्म जाने आधार तयार भएको भन्दै उहाँले एमसिसिले देशलाई निकास दिएको जिकिर गर्नु भयो ।

प्याब्सनको आईतवार देखि नेपालगंजमा हुने राष्ट्रिय महाधिबेशन उद्धघाट गर्न नेपालगञ्ज आई पुग्नु भएका मन्त्री पौडेलले एमसीसी राष्ट्रहित भन्दा बाहिर नजाने समेत दाबी गर्नु भयो ।

एमसीसी कै कारण माओवादीमा बिग्रह आउन सक्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै उहाँले जारी केन्द्रिय समितीको बैठकमा सो बिषयमा गहन छलफल हुने तर पार्टीमा बिग्रह नआउने दाबी गर्नु भयो । उहाँले केही साथिहरुको भिन्न मत सहित पार्टी एक ढिक्का भएर अगाडी बढने बताउनु भयो । उहाँले आफु मन्त्री भए संगै शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन प्रयास गरि रहेको भएपनि संसद अवरोधका कारण सम्भव हुन नसकेको बताउनु भयो ।

५५ बुदेँ शिक्षा सुधार कार्ययोजना निर्माण गरेर काम गरि रहेको बताउँदै मन्त्री पौडेलले भौतिक पुर्वाधार बिकास र गुणस्तरीयता बृद्धिका लागि संग संगै काम भइ भइरहेको जानकारी दिनु भयो । उहाँले यस बर्ष मात्रै ४ हजार २ सय सामूदायिक बिद्यालयको भौतिक पुर्वाधार बिकासका साथै २ हजार बिद्यालयमा कम्प्युटर ल्याव निर्माणको काम अगाडी बढेको जानकारी दिनु भएको थियो ।

लामो समय देखि काम गरि रहेका राहत शिक्षकहरुलाई अन्तरिक प्रतिष्प्रर्धा बाट स्थाई र त्यसो नभए उनिहरुलाई गोल्डेन अफर सहित बिदाई गर्ने गरी आफुहरुले काम गरि रहेको जानकारी दिनु भयो ।

मदरशा शिक्षा, गुरुकुल शिक्षा र गुम्बा शिक्षालाई नियमन र बिकास गर्दै अगाडी बढाईने निति बनाउने तयारीमा रहेको जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार