मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मतदान केन्द्रभित्र प्रवेश गरेकाले अबेरसम्म मतदान गर्न पाउने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि निर्धारित समय समाप्त भएको छ । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।
४ मंगशिर २०७९, आइतबार

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि निर्धारित समय समाप्त भएको छ । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो । 

५ बजेभित्र मतदातस्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने छन् । केही निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको कान्तिपुरका जिल्लास्थित संवाददाताहरुले जनाएका छन् । बिहान केही समयमा कम मतदान भए पनि दिउँसो त्यो संख्या बढेको थियो । संसदीय निर्वाचनमा स्थानीय निर्वाचनको मतपत्र सहज हुनाले मतदाताहरुले छोटो समयमा आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ७५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सात प्रदेशको ३३० प्रत्यक्ष र २२० समानुपातिकतर्फ सांसद छान्नका लागि एकै चरणमा मतदाता भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २४ सय १२ उम्मेदवार रहेका छन् । त्यसैगरी समानुपातिकर्तफ २१ सय ९९ उम्मेदवार रहेका छन् । त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३३ सय २४ र समानुपातिकतर्फ ३७ सय ८ उम्मेदवार रहेका छन् । १ करोड ७९ लाख ८८ जहार ५ सय ७० मतदाता रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार