मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

योगदानमा आधारित सामाजिक सुरक्षा कोषक‍ो सम्पर्क कार्यालय नेपालगन्जमा उद्घाटन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
पाचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आज उद्घाटन गरिएको छ ।
११ मंगशिर २०७९, आइतबार

नेपालगन्ज । पाचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आज उद्घाटन गरिएको छ ।

नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज उद्घाटन गर्नु भएको थियोे । श्रम तथा र‍ोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्राइभेट संस्थामा कामगर्ने श्रमिक र रोजगारदाता दुवैलाई फाईदा पुग्नेगरी लिएको योजना लाभदायक भएको भन्दै सहायक सिडियो शर्माले आफ्नो कार्यालयबाट यस कार्यालयलाई सफल बनाउन कुनै सहयोग आवश्यक भएमा सदैब तत्पर रहेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंमा प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु हुने पुर्ण बहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सभापति श्रम तथा र‍ोजगार कार्यालय नेपालगन्जका प्रमुख रुद्रनारायण शाहले गर्नु भएको थियोे, त्यसैगरी प्रमुख अतिथिका रुपमा बाँकेका सहायक सिडियो हरि प्रशाद शर्मा, बिशिस्ट अतिथिमा नेपालगन्ज औद्योगिक क्षेत्र कार्यालयका प्रमुख कृष्ण बहादुर पुन, अतिथिहरुमा औद्योगिक संघका अध्यक्ष किरण कार्की, नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सदस्य पुर्ण बहादुर केसी, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति राम बहादुर मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके उपाध्यक्ष हरशद अलि, विभिन्न संघसंस्थाका प्रमुखहरु, ट्रेड युनियनहरु नेताहरु रहेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजना राम्रो भएपनि कार्यान्वयनमा पनि त्यत्तिकै चुनौतीपूर्ण भएको हुदा सबैको साथ र सहयोग आवश्यक रहेकोे बताएका थिए । नेपालगन्जमा सम्पर्क कार्यालय स्थापना भएपछि श्रमजीवी श्रमिकहरु र रोजगारदाता खुसी भएको उपस्थितको भनाइ रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार