मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

कोहलपुर खानेपानीलाई उत्कृष्ट खानेपानी संस्थाको रुपमा विकास गर्छौ - समावेशी प्यानल

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
७ श्रावण २०८०, आइतबार

बाँके । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।

आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुरबासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतका बुद्धाहरु समेटिइएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनालले हाल कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको दाबी गरे ।

उनले हाल जडान भएका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गरिने , सदस्य भएर पनि धारा जडान गर्न नपाउने समस्या प्राथमिकताका समाधान गर्ने प्रतिबद्धता जनाए ।कतिपयले सदस्यता शुल्क तिरेर पनि धारा जोडन पाएका छैनन् । रुद्र प्रसाद खनालको नेतृत्वमा यसअघि नै उम्मेदवारी घोषणा गरिसकेको समावेशी प्यानलले “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित आफ्ना उम्मेदवार हरूलाई चुनावी मैदानमा उतार्ने भएको छ ।

खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , जमिन मुनिको पनिको विकल्प स्वरुप भेरी बबई मान खोला ड्राईर्भसन  निर्माण गरि खानेपानीको दिगो व्यवस्थापन गरिने , मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने लगायतका प्रतिबद्धता सार्वजनिक व्यक्त गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डेले सबै पक्ष सँगको सहकार्यमा कोहलपुर खानेपानी लाई उत्कृष्ट खानेपानी संस्थाको रुपमा विकास गरिने बताए ।

उनले आफूहरू ४ दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको भएपनि बिजयी भए पश्चात आम उपभोक्ताको हितमा खरो उत्रने बताए । उनले आर्थिक रुपमा मितव्ययिता अपनाई संस्थागत सुशासन कायम गरिने बताए । सो प्यानल मा अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा ,उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा , सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची , कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट ( घरी सहित ) , सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी , सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटा चुनाव चिन्ह फुटबल चिन्ह लिएर चुनावी मैदानमा छन ।

खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई काँइयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको चिन्ह सहित चुनावी मैदानमा छन । महिला सदस्यमा अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी चिन्ह रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार