मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बढैयाताल वडा नम्बर सात बालबिवाहमुक्त वडा घोषणा गरियो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ ।
२७ जेठ २०८०, शनिबार

नेपालगञ्ज । बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ । 

नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

सयौं स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ । 

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीको मुख्य आतिथ्यतामा आयोजित समारोहमा बिशेष अतिथीको रुपमा स्थानीय बालअधिकार समितिका संयोजक तथा पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, धर्म गुरुहरु, समाजिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, प्रहरी प्रमुख तथा प्रतिनिधीहरु, बाल क्लबका प्रतिनिधीहरु लगायत अथितीको रुपमा उपस्थित रहनुभएको थियो ।  

सो समारोहमा बालबिवाह न्युनिकरणका लागि सरकारी स्तरबाट भए गरेका कार्यहरुको बिषयमा प्रमुख प्रशाकीय अधिकृत दानबहादुर ऐडीले प्रष्ठ पार्नु भएको थियो भने सामाजिक संघ, संस्थाहरुले बालबिवाह न्युनिकरणमा गरेका कार्यहरुको बिषयमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्रष्ट पार्नुभएको थियो । 

त्यसै गरी प्लाल नेपालका कार्यक्रम ब्यबस्थापक अम्बिका प्रसाद तिमिल्सेनाले प्लान नेपालले बाल संरक्षण र बालबिवाह न्युनिकरणमा खेलेको भुमिकाका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । 

बलबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ बढैयातालमा बालबिवाह न्युनिकरणमा योगदान पुरयाउने, संघ, संस्था र ब्यक्तिहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

वडा नं ७ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम थारुले बालबिवाह मुक्त वडा घोषणा सम्बन्धी घोषणापत्र बाचन गर्दै वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गर्नुभएको थियो । 

सो अवसरमा प्रमुख अतिथी, बिशेष अतिथी र अतिथीहरुले बढैयातालमा बालबिवाह हुने प्रचलनलाई शुन्यमा झार्न बालबिवाह बिरुद्ध सामुहिक कार्य गर्नुका साथै बि. स. २०८१ साल सम्ममा बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका घोषणा गरि छाड्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

बलबिवाह मुक्त वडा घोषणा पुर्व बढैयाताल गाउँपालिकाले बालबिवाह अन्त्यका लागि अभियान संचालन निर्देशिका २०८० जारी गरेको थियो । सोही निर्देशिका बमोजिम बढैयाताल वडा नं ७ मा यस निर्देशिकामा उल्लेख भएका ८० प्रतिशत भन्दा धेरै सुचकहरु हासिल गरीसकेको हुँदा यस वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार