गाेपाल खड्का
रुकुम । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानीय तहमा आधारभुत पत्रकारीता तालिम सञ्चालन गर्ने भएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पाचौं जिल्ला सम्मेलनपछि मंगलबार खलंगाकाे जिल्ला समन्वय समितिकाे हलमा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
सबै पालिकामा पालिका स्तरीय नयाँ पत्रकारहरु उत्पादन गर्ने र उनिहरुको क्षमता अभिवृद्धिका लागि आधारभुत तालिम सञ्चालन गर्ने निर्णय भएको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका सचिव नारायण ओलीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
सचिव ओलीका अुनसार बैठकले प्रेस सेन्टर नेपालले स्थापनाका लागि प्रक्रिया अघि बढाएको प्रेम–समर साहसिक युद्ध पत्रकारिता पुरस्कारको लागि अक्षय कोषलाई पूर्णता दिने निर्णय पनि गरेको बताए । बैठकले कार्तिक ३० गते सुर्खेतमा हुने प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको प्रदेश सम्मेलनमा जिल्लाको सहभागितालाई सक्रिय बनाउने समेत निर्णय गरेको सचिव ओलीको भनाइ थियो ।
प्रेस सेन्टरका जिल्ला अध्यक्ष हरि गौतमको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुकुम पश्चिम जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यतामा पहिलो बैठक सम्पन्न भएको हो ।