मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

रास्वपाबाट तनहुँमा स्वर्णिम वाग्ले, बारामा रमेश खरेल उम्मेदवार

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले बतायो ।
१६ चैत्र २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन २, तनहुँ–१ र बारा–२ को रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ । तनहुँ–१ मा तीन जान डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ ।

त्यस्तै बारा–२ मा रास्वपाले दुई जना रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ । तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले बतायो ।

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं–१ बाट उठेका थिए । यसपालि उनलाई रास्वपाले बारा–२ बाट उम्मेदवार बनाउन लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार