मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

दिवंगत मुस्लिम धर्म गुरु एवं सुफि शैयद मुस्ताक अहमद शाहको आज १० बजे अन्त्येष्टि गरिँदै

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

नरैनापुर । मुस्लिम धर्मगुरु सुफि शैयद मुस्ताक अहमद शाहको आज शनिवार अन्त्येष्टि गर्न लागिएको छ । आज बिहान १० बजे उहाँको अन्तिम संस्कार इस्लामिक परम्पराका आधारमा आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा सुरु गरिने छ  ।

अन्त्येष्टि समारोहमा करिब दश हजार व्यक्तिको उपस्थिति हुने अपेक्षा गरिएको छ । तीमध्ये करिब एक हजार जना भारतका व्यक्तिहरुको सहभागिता रहने नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।

भारतीय पहुना र स्थानीय बासिन्दासहित हजारौंले भारतको दिल्लीबाट शव शुक्रबार राति नरैनापुर पुगे पछि उहाँको शवमा श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली दिनका लागि शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भीड लागेको थियो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको ठुलो दाजुको मृत्युले नरैनापुर पुरै शोकमा डुबेको छ । अध्यक्ष शाहले भन्नुभयो, घर देखि मजार शरिफ सम्म शव यात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा प्रतिनिधि सभाका सदस्यहरू, संबिधान सभाका सदस्य, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, पत्रकार , अधिकारकर्मी, कर्मचारीहरु लगायत बाँके बर्दियाका व्यक्तिहरुको सहभागिता रहने छ । धर्म गुरु एंव सुफि शैयद मुस्ताक अहमद शाहको उपचारको क्रममा भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा बिहिबार राति मृत्यु भएको डाक्टरहरुले पुष्टि गरेका थिए । ७८ बर्षिया शाह मुस्लिम धर्म गुरु मात्र नभइ सबै समुदायको साझा व्यक्तित्व हुनु हुन्थ्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार