मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको साधारणसभा सम्पन्न

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
कार्तिक ७ गतेबाट निर्वाचनको प्रक्रिया सुरू हुने
५ अशोज २०८१, शनिबार

बाँके । पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा मुस्लिमहरुको पहुँच बढाउँदै लैजानु पर्ने बताउनु भयो । दारुल उलुम फैजुननबी जामा मस्जिद ईदगाह संचालक समितिको साधारण सभामा बोल्दै उहाँले मुस्लिम समुदायमा शिक्षा र जनचेतना आवश्यक रहेकोले सोतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।

नेपालको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबीले धार्मिक शिक्षा संगै आधुनिक शिक्षा तर्फ केन्द्रीत हुन राईले मुस्लिमहरु संग अपिल गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मुस्लिमको धार्मिक धरोहर फैजुन्नवीलाई विधिवत रुपमा संचालन गर्नका लागि ७५ लाख रुपमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मदरसालाई व्यवस्थित संचालन गर्न सके थप सहयोग दिन तयार रहेको जिकिर गर्नु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एंव मुस्लिम अगुवा मोहम्म हारुन कादरीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरुले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताउनु भयो ।

उहाँले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि फैजुन्नवीले काम गर्न जरुरी रहेको बताउदै हारुनले फैजुन्नवीको ८ वर्ष सम्म साधारण सभा नहुनु र संस्था नविकरण नहुनु चिन्ताको विषय भएको बताउदै फैजुन्नवीको समितिलाई व्यवस्थित रुपमा गठन गर्न आग्रह गर्नु भयो ।

सभामा बोल्दै फैजुन्नवी तदर्थ समितिका सदस्य एंव मुस्लिम आयोगका पूर्व सदस्य सचिव खालिद इक्बाल इराकीले, संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता, समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ फैजुन्नवीलाई लैजान गतिशिल र अनुशासित नेतृत्वको आवश्यकता रहेको औल्याउनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झोरासिंह माझीले मुस्लिमहरुको धरोहर फैजुन्नवीलाई ८ वर्ष सम्ममा नविकरण नगरि अवैध रुपमा संचालन गर्नु दुखद कुरा भएको बताउदै तत्काल प्रक्रिया पु¥याएर संस्थालाई बैधानिकता दिन आग्रह गर्नु भयो । साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि कार्तिक ७ गते बाट निर्वाचनको प्रक्रिया सुरु गर्ने समितिका संयोजक अयुब सिद्धिकिले जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपमेयर कमरुद्दीन राई, मुस्लिम अगुव अब्दुल हमिद सिद्धिकि लागयतले बोल्नु भएको थियो । बन्दशत्रमा समितिका सदस्य मोहम्मद जुबेर राइले ३ महिनाको सांगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरे पछि बिवाद उत्पन्न भएको थियो । सांगठनिक र आर्थिक प्रतिबेदन पास नभए पछि साधारण सदस्यहरुले निर्वाचनको मिति तोक्न माग गरेका थिए । तदर्थ समितिका संयोजक अयुब सिद्धिकिले कार्तिक ७ गते वाट निर्वाचनको प्रक्रिया सुरु हुने घोषणा गरेका थिए । वडा नं ५ का अध्यक्ष सराफत खानले निर्वाचनको मिति निर्धारण हुनु सकारात्मक रहेको भन्दै साधारण सदस्यहरुलाई निर्वाचनमा लाग्न अपिल गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार