मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बागमती प्रदेशमा डेङ्गुबाट २७ जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।
६ असार २०८०, बुधवार

काठमाडौं । चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।

डेङ्गुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए ।

बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेङ्गुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताए ।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।

अध्ययनअनुसार डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्याङ्कीमा पाइएको थियो । त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटरलगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ । फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाइ छ ।

घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेङ्गुुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा रविन भुसाल, किरण श्रेष्ठलगायतले अध्ययनले डेङ्गु रोगको प्रभाव र यसका विरुद्ध चाल्नुपर्ने कदमजस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताए ।

कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार