मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

मुस्लिम समाजद्वारा कोभिड १९ विशिष्ट सम्मान सफिक बेहनालाई प्रदान

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगंज मुस्लिम समाजको पदभार ग्रहण तथा सम्मान कार्यक्रम
६ कार्तिक २०७८, शनिबार

बाँके । नेपालगंज मुस्लिम समाजले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेको भन्दै नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनालाई सम्मान गरेको छ।

शनिबार नेपालगंजमा आयोजित पदभार ग्रहण तथा सम्मान कार्यक्रममा १० दर्जन भन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बेहनाले कोरोना नियन्त्रणमा अतुल्नीय भूमिका निर्वाह गरेका थिए । बाँकेको भेरी अस्पतालमा अक्सिजन अभाव भए पछि अक्सिजन खरिदका लागि २ लाख रुपिया अस्पताल विकास समितिलाई दिए पछि अन्तराष्ट्रिय स्तरमा नै चर्चा कमाएका थिए । 

नेपालगंज मुस्लिम समाजले सम्मान दिए पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बेहनाले संकटका बेला जनताको सेवा गर्न पाएको प्रति खुशी व्यक्त गर्दै भविष्यमा पनि मानवीय कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

समाजका अध्यक्ष हाजी अब्दुल हकिमको अध्यक्षताका भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तीयाक राई रहनु भएको थियो । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी देखि लिएर बिभिन्न धर्मका धर्मगुरुहरुलाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोहम्मद इस्तियाक राईले मुस्लिमहरुका लागि सबै भन्द सुरक्षित देश बिश्व भरीको तुलना गर्ने हो नेपाल रहेको बताउनु भएको थियो । उहाँले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरु माथि भएको घटनाको निन्दा गर्नु भयो । उहाँले शक्तिशाली व्यक्ति हो भन्दैमा कमजोर व्यक्ति माथि आक्रमण गर्नु वा विभिन्न बहनामा पिडा दिनु इस्लाम बिरोधी कार्य भएकोले सबै मुस्लिमहरुलाई एकता बद्ध भएर लाग्न आग्रह गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार