मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

डुडुवाबासी भन्छन्, 'राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो'

महमूद आलम खान 1132+ समाचार ( )
पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् ।
२४ वैशाख २०७९, शनिबार

डुडुवा । डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय छन् । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन् । डुडुवामा पछिल्लो पाँच बर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन् । राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ । मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच बर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गरेका छन् ।

उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा छिन् । अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका कांग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् । आज पनि कांग्रेस उम्मेदवारहरुले वडा नम्बर ८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, काँग्रेस कार्यालय प्रमुख उमेश शर्मासहित कांग्रेस उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।

घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार