मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० अशोज २०८०, शनिबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको सङ्कट दक्षिणपन्थी वा वामपन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, मार्क्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।”

आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेकोतर्फ पार्टी पङ्क्तिलाई सजग गराउनुभयो ।

दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्तिको परिणाम भनेको शक्तिशाली प्रतिक्रान्तिद्वारा ठिक बाटो पक्रेर अघि बढ्नु भएको बताउनुभयो । क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै उहाँले एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको उल्लेख गर्नुभयो ।

पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले पार्टीको हित नगर्ने बताउनुभयो ।

पुस्तकका लेखक कार्कीले भन्नुभयो, “मार्क्स–लेनिनले गरेको व्याख्या र विश्लेषण हो, शान्ति र अहिंसाको बाटो हिँडेपछि सादगी र सरल जीवन बिताउन सहज हुन्छ, त्यो पाटोलाई हामीले जोगाइरहनुपर्छ ।”

टिप्पणीकार झलक सुवेदीले मुलुकमा अहिले भइरहेका क्रियाकलाप, राज्य व्यवस्था र देशले अङ्गीकार गरेको बाटोको विकल्प के हुनसक्छ भनी पुस्तकमा प्रस्तुत गर्न खोजिएको बताउनुभयो ।

बुकहिल प्रकाशनले बजारमा ल्याएको ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकमा शान्ति प्रक्रियादेखि नेकपा विभाजनसम्मका अवधिमा भएका घटना समेटिएका छन् ।

पुस्तकका ३३ लेखका माध्यमबाट लेखक कार्कीले दुनियाँलाई बुझ्ने मार्क्सवाद, निष्ठा र प्रतिबद्धता विषयवस्तुको उठान गर्दै पुँजीवादको विकल्प समाजवाद नै हो भन्ने पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।

उक्त कृति अध्यक्ष दाहालका साथै द्वन्द्व कालमा जीवन गुमाएका र बेपत्ता भएका व्यक्तिका सन्ततिले सामूहिक रूपमा विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार