मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने जनमतको निर्णय

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।
२ श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । जनमतले पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले बताए । अहिले पार्टी कार्यालय बुद्धनगरमा भाडाको घरमा रहेको छ । अब आफ्नै संरचना बनाउन पार्टी तयार भएको बताइएको छ ।

यस्तै बैठकले पार्टीका विभिन्न तहको बैठकको समय निर्धारित गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको प्रशिक्षण साउन ८ देखि ९ गतेसम्म धुलिखेलमा राखिएको छ भने साउन ५ गते जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला इन्चार्जहरुको बैठक काठमाडौँमा बोलाइएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक बर्दिवासमा राखेको छ भने राष्ट्रिय परिषद्को बैठक साउन १७ गते काठमाडौँमा राखेको छ । त्यस्तै साउन १९ गते स्थानीय जनप्रतिनिधिको बैठक काठमाडौँमा राखिएको महासचिव सिंहले जानकारी दिए ।

जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने कार्यक्रमलाई पनि बैठकले सारेको छ । यसअघि साउन ६ गतेका लागि तोकिएको थियो । त्यसलाई साउन २७ र भदौ २ गतेका लागि निर्धारण गरिएको छ । केन्द्रीय सचिवालय र जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार