मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नरैनापुर गाउँपालिका अध्यक्षको नेतृत्वमा 'मोहम्मद डे' मनाइयो

महमूद आलम खान 1132+ समाचार ( )
२ कार्तिक २०७८, मङ्गलबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा पनि 'मोहम्मद डे' धुमधामका साथ मनाइएको छ । 'मोहम्मद डे' का अवसरमा आज नरैनापुरमा ठूलो र्‍याली निस्किएको छ । 

नरैनापुरको पूर्वी भेगका मुस्लिम समुदायले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा वडा नम्बर १ बाट र्‍याली सुरु गरेका थिए । गाउँपालिका कार्यालय अगाडिसम्म आइपुग्दा र्‍यालीले ठूलो आकार लिएको थियो । त्यस्तै पश्चिम भेगबाट वडा नम्बर ६ हुँदै अर्को ठूलो र्‍याली गाउँपालिका कार्यालय अगाडि आइपुगेको थियो ।

ठूलो संख्यामा मोटरसाइकल र पैदलै हिँडेर इस्लाम धर्माबलम्बीहरुले र्‍याली निकालेका थिए । जिल्ला प्रहरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी समेत र्‍यालीमा सहभागी भएका थिए ।

र्‍याली पश्चात् गाउँपालिका अध्यक्ष शाह, बाँके प्रहरी प्रमुख अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक बम र बाँके अनुसन्धान प्रमुख गिरीले मोहम्मद "डे" को सबैलाई शुभकामना प्रदान गरेका थिए । नरैनापुरमा फेरि एकपटक उच्च सामाजिक सद्भाव देखिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

बाँकेका सुरक्षा अंगका प्रमुखहरु आफैं नरैनापुर पुगेर सुरक्षा व्यवस्था मजबुत बनाउने कार्यमा खटिएका थिए । 'मोहम्मद डे' को अवसरमा नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार