मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
भेटमा उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१७ माघ २०७९, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिकता प्रकरणमा गृहमन्त्रीबाट पदमुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन् ।

विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेजको आदेश जारी गरेसँगै उनको सभापति र उपप्रधान एवं गृहमन्त्री पद गुमेको थियो ।

प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई गृह मन्त्रालयमा दोहोर्याउन आनाकानी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएकाे हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार