मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नरैनापुरका कर्मचारी र जनप्रतिनिधिका लागि सुरु भएको क्षमता अभिबृद्धि तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० जेठ २०८२, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको तालिम आज सोमबार औपचारिक रूपमा सम्पन्न भएको छ ।

तालिममार्फत जनप्रतिनिधि र कर्मचारीबीच समन्वय, कार्य सम्पादनको प्रभावकारिता, सार्वजनिक खरिद ऐन, सेवा प्रवाहलाई चुस्त बनाउने उपायहरू, र नेतृत्व विकास जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले तालिमको महत्त्वबारे प्रकाश पार्दै काम गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्म्यता मिलाउने र कसरी समन्वय गरेर कार्यसम्पादन गर्ने भन्ने विषयमा यो तालिम महत्वपूर्ण रह्यो भन्दै सार्वजनिक खरिद ऐनका प्रावधान तथा प्रक्रियाहरूको सही कार्यान्वयनमा यसले ठूलो योगदान पुर्‍याउने बताउनु भयो।

गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मनोज शर्माले तालिमबाट प्राप्त सिकाइको महत्त्व दर्शाउँदै व्यक्ति चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्छ भन्दै राम्रो चरित्रले स्वतः राम्रो छवि बनाउने उल्लेख गर्दै उहाँले सकारात्मक सोच राख्नु नै राम्रो देखिनु हो भन्दै यस तालिमले हामीलाई यही सन्देश दिएको जिकिर गर्नु भयो ।

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले स्थानीय तहमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन तालिमको योगदान उल्लेखनीय भएको बताउनु भयो। उहाँले जनप्रतिनिधि र कर्मचारी मार्फत सेवाग्राहीले सहज सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको बताउँदै यसले स्थानीय प्रशासनलाई थप चुस्त-दुरुस्त बनाउन मद्दत गर्ने बताउनु भयो ।

उक्त तालिममा कर्णाली प्रदेश सरकारका सचिव धोलकराज ढकाल, कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अधिकृत शरदराज गौतमले सहजिकरण गर्नुभएको थियो। उहाँहरूले संघीय शासन प्रणालीमा स्थानीय सरकारको भूमिका, नीति तथा कानुनी व्यवस्था, प्रभावकारी सेवा प्रवाहका उपायहरू, र कार्यसम्पादन सुधार जस्ता विषयमा सहजिकरण गर्नु भएको थियो।

तालिममा जनप्रतिनिधि र कर्मचारी गरि ५५ जनाको सहभागीता रहेको रोजगार संयोजक मकबुल मुकेरीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार