मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

राप्ती सोनारीमा ट्राफिक प्रहरीको असुली धन्दाले आजित बने सवारी चालक

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
ट्राफिक प्रहरी जवान अभिनाष सोनीको आंतक बढ्दै
१ भाद्र २०८१, शनिबार

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँके मातहत रहेको राप्ती सोनारीको कुण्डा ट्राफिक प्रहरी पोस्टले विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेका छन् ।  काठमाडौंबाट सरुवा भएर केहि दिन पहिला मात्र आएका ट्राफिक प्रहरी जवान अभिनाष सोनीले बाटो जाम गरेर सवारी चालकहरुलाई सास्ती दिइरहेका छन् । 

दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पीडितहरुले बताएका छन् ।

कुण्डा चोकको सडक भएर आउजाउ गर्ने नरैनापुर र राप्ती सोनारीका सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी सोनीले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको सवारी चालकहरुले गुनासो गरेका छन् ।

यसैगरी केहि दिन पहिले राप्ती सोनारी वडा नं ६ का एक जना वडा सदस्य संग २५ सय रुपैयाँ घुस मागे पछि वडा सदस्यले प्रहरी चौकी कुण्डामा पुगेर गुनासो गरेका थिए । उक्त घटना सेलाउन नपाउँदै सोनीको अर्को काण्डले जनता आजित बनेका छन् । यता ट्राफिक प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले चेकजाँचक नाममा सवारी चालक वा नागरिकलाई दुख दिने प्रहरी जवान सोनीलाई तत्काल कारवाही गर्ने बताए ।

राप्ती सोनारीमा अहिले मालवाहक ट्रक, अटोचालक तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । 

मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनाधिकृत रूपमा रकम असुल्ने गरेका छन् । ट्राफिक प्रहरीले खुलेयााम रकम असुली गर्दै आइरहेको छ ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनाधिकृत रकम लिएर छाड्ने गरेको स्थानीयहरुले गुनासो गरे । 

प्रहरी चौकी कुण्डा संग समन्वय नगरी मनोपरि तरिकाले चेकिङ लगाउने गरेको र रसिद काटे पछि पनि तेस्रो व्यक्ति मार्फत पैसा असुली गर्ने गरेको गुनासो शउ े गरेको प्रहरी चौकी कुण्डाले जनाएको छ । 

अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण कुण्डा चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ ।

ट्राफिक चेकिङ प्रणालीमाथिको प्रश्न एकपल्ट फेरि सतहमा आएको छ । सोसल मिडियामा नागरिकले चेकिङका नाममा ट्राफिक प्रहरी स्वयम्‌ले दुर्घटना निम्त्याउने काम गरिरहेको भन्दै आलोचना गरेका छन् । 

राप्ती सोनारीमा ट्राफिक प्रहरीले अव्यावहारिक तरिकाले चेकिङ गर्दा दुर्घटना बढ्ने, आमनागरिकले दुःख पाउने, अनाहकमा ज्यान गइरहेको भन्दै त्यस्तो कार्यलाई रोक्न नागरिकहरुले माग गरेका छन् । 

नागरिकसँग साझेदारी बढाउन नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको सेवा’ जस्ता नारा प्रचार गर्ने गरेको छ । यसैको अंग ट्राफिक प्रहरीले यथार्थमै यी नारालाई अंगीकार गरेको छ त ?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार