मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीलाई समाचार नलेख्न एसपि बोहराको धम्की

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बाँकेमा असुरक्षित बन्दै पत्रकार, भयरहित वातावरणमा समाचार लेख्ने वातावरण बनाउनु पत्रकारहरुको माग
२२ चैत्र २०८०, बिहीबार

बाँके  । नेपालगञ्जबाट प्रकाशित हुने सदभाव दैनिक एवं सेतोखरी डटकम प्रकाशक सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका दामोदर भण्डारीलाई बाँके प्रहरी प्रमुख एस्पी सुभाषचन्द्र बोहोराले आफु बिरुद्ध समचार नलेख्ने दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगञ्जमा पत्रकार सम्बद् संगठनहरुले गम्भीर ध्यानावर्षण भएको जनाएका छन ।

जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार सविधानप्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको बैठकले ठहर गरेको छ ।

आकस्मिक बैठकले यो घटनालगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्तरुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा महासंघ बाँकेका अध्यक्ष भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋणी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार