राघव भट्टराई
नेपालगञ्ज । विगत १ वर्षदेखि संचालनमा रहेको मतिना नेवारी रेष्टुरेन्टले समाजमा अतुल्य योगदान दिँदै आएका पेसाहरुलाई सम्मान गर्दै नेवारी परिकारको खानाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
आफ्नो पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा रेष्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संचालक सन्जय श्रेष्ठले इन्जिनीयर, मेडिकल, फाइनान्स , एकेडेमीक, हस्पिट्यालीटी, मिडिया, व्यापारी , सरकारी कर्मचारी र सबै खालका प्रोफेशनल व्यक्तिहरुलाई खानामा १५ प्रतिशत छुट दिने घोषणा गर्नु भयो ।