काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि बहुविवाह मुद्दामा पक्राउ गरेकि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ । गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो । बाँकेमा २ महिला हत्या को विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौं सम्म पैदल आएकी खान सहितको टोलीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो । तर अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन । प्रहरीले खानलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको जनाउदै आएको थियो ।