मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

राष्ट्रिय सम्मेलनबाट पार्टीलाई थप सशक्त बनाएर अघि बढ्ने छौ- प्रचण्ड

महमूद आलम खान 1132+ समाचार ( )
अन्तर्राष्ट्रिय भेलालाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले देशभित्र र बाहिरसमेत एजेन्डाप्रति माओवादी नै इमान्दार रहेको सन्देश गएको बताए
२ पौष २०७८, शुक्रबार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई थप सशक्त बनाएर अघि बढाउन स्पष्ट कार्यदिशासहितको नीति र कार्यक्रम लिएर जाने बताएका छन् ।

शुक्रबार पार्टी निकट नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलालाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले देशभित्र र बाहिरसमेत एजेन्डाप्रति माओवादी नै इमान्दार रहेको सन्देश गएको बताए । उनले देशभर विभिन्नस्तरका सम्मेलन र राष्ट्रिय सम्मेलनको अन्तिम तयारी लागेको बताउँदै संगठन सुदृढीकरणको अभियान विदेशमा पनि चलाउनु पर्ने बताए ।

उनले आफूहरुले सबै खालको भेलामा विचार र राजनीति केन्द्रीत भएर छलफल र निर्णय लिएको भन्दै राष्ट्रिय सम्मेलनबाट नयाँ विचारका साथ अघि बढ्ने पनि स्पष्ट गरे । प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

प्रचण्डले नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउने क्रममा विचारको विकास गर्ने, विकासको मोडल कस्तो बनाउने भन्ने जस्ता सन्दर्भमा नयाँ कार्यक्रम र योजना विकास गर्ने बताए । उनले भने, ‘ अब पार्टीलाई चुस्त, विचारमा स्पष्ट, जन सम्बन्धमा आधारित बनाउन लागि पर्नुपर्छ ।’

भेलामा माओवादी केन्द्रको प्रवास समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठ, सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक, जनसम्पर्क समितिका क्षेत्रीय अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार