मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धामीको नेतृत्वमा समावेशी प्यानलले घोषणा गर्यो उम्मेदवारी, एमालेले सहमति फिर्ता लिने दियो धम्की

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको सिद्धार्थ कटेजमा समावेशी प्यानलले उम्मेदवार घोषणा गरेको हो ।
१८ श्रावण २०८०, बिहीबार

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको सिद्धार्थ कटेजमा समावेशी प्यानलले उम्मेदवार घोषणा गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी समुहको तर्फबाट टंक बहादुर धामीको अध्यक्षतामा २१ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको व्यक्तिगत परिचय दिदै उम्मेदवारी घोषणा गरिएको हो । 

सयौंको संख्यामा उपस्थित उद्योगी व्यावसायीहरुका बीच घोषणा गरिएको उक्त प्यानलमा उपाध्यक्ष पदमा चिरञ्जीवी वली (उद्योग ), हरिलाल न्यौपाने (वाणिज्य ) र मन्दिरा पाण्डे (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ त्यसैगरी संघको महासचिवका लागि भीम बहादुर रानाभाट, उप-महासचिव पदका लागि मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढको नाम घोषणा गरिएको हो ।

त्यसैगरी संघको सदस्यहरु क्रमश इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन के.सी., शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टीकामणि उपाध्याय, डम्बर चन्दको नाम घोषणा गरिएको हो ।

यसैगरी एशोसियट सदस्यमा कमल कार्की, राजीव तलङ्गा, बस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई उक्त समुहले मैदानमा उतारेको छ । समावेशी प्यानलका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा आयोजित घोषणा सभामा बोल्दै समावेशी प्यानलका सहभागी दल नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले सदस्यता टुंग्याउने अधिकार माओवादीलाई नभएको बताउँदै सदस्यमा संजय अग्रवाललाई थप नगरे समावेशी प्यानललाई दिएको सहमति फिर्ता लिने चेतावनी दिएका थिए । 

सभामा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाइज मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य , पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार