बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि भारतको लखनउस्थित इण्डो अस्पताल उपचार गराइरहनु भएको छ ।
भाद्र ९ गते आइतबार उहाको एक्कासी छातीमा समस्या देखिनुका साथै मुटुको धड्कन बढेपछि राती १२ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालबाट उहाँलाई इण्डो अस्पताल लखनउ लगिएको थियो ।
अध्यक्ष खाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको भारत लखनाउ पुग्नुभएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाले भन्नुभयो, अध्यक्ष ज्यु छिट्टै फर्किनु हुनेछ । अध्यक्ष खाँलाई भेट्न जानकी गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, जनप्रतिनिधि सहितको टोली लखनउ पुगेर स्वास्थ्य लाभको कामना गरेको थियो ।