बाँके । योग समिति बाँकेका सदस्यहरुको एक दिने सन्देश मुलक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
योग समितिका गुरु गिरिराज भट्टराईको अध्यक्षतामा भएको बनभोज कार्यक्रममा सहभागी हुन पुग्नु भएका नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले योग गर्नेहरुका बिचमा अझ प्रगाढ माया र भाइचाराको सम्बन्ध स्थापना गर्न तथा सामाजिक चेतना र सेवाको भावनालाई एकै शुत्रमा बाध्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निवार्ह गर्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।