मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

विष्टको संयोजकत्वमा खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न समिति गठन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

बाँके । लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय समिति गठन गरेको छ ।

राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जीवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ ।

‘लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरिएको हो’, संयोजक विष्टले भने, ‘समितिले चालु आ.व.मा प्रदेशमा संचालित पूँजीगत कार्यक्रमहरुको समन्वय तथा अनुगमनका लागि समेत गर्नेछ ।’

गठित समितिले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खेल संरचना सँगै निर्मार्णाधिन संरचनाको अध्ययन, अनुगमन गर्ने समितिका संयोजक विष्टले जानकारी दिएका छन् ।

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचनाहरुको पहिचान गर्न, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन–निरीक्षण गरी यसै पत्रसाथ संलग्न कार्यक्षेत्रको परिधी भित्र रही समिति सक्रिय रहने छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय तथा संवाद गरी समितिले प्रतिवेदन बनाउने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार