काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् ।
राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् ।
‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ’, प्रचण्डले भने ।
उनले सीपीले जस्तो आफूले बोल्न नजान्ने भन्दै राजनीति पछाडि फर्कन नसक्ने बताए