मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

संघीय संसदतर्फ कसमीरा खातुनः संघर्ष, विश्वास र प्रतिनिधित्वको आशा

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
खातुनको राजनीतिक पकड मुस्लिम समुदायमा मात्र सीमित छैन। अन्य समुदायसँग समेत राम्रो सम्बन्ध, विश्वास र पहुँच बनाएकै कारण समानुपातिक तर्फ अन्य उम्मेदवारको तुलनामा राम्रो मत ल्याउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ। स्थानीय तहदेखि केन्द्रसम्म उहाँको नाम सम्मानका साथ लिइन्छ।
१२ पौष २०८२, शनिबार

बाँके । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशकी सदस्य कसमीरा खातुनलाई बाँके क्षेत्र नं. २ बाट संघीय समानुपातिक सांसदका रूपमा सिफारिस गरिनु केवल औपचारिक निर्णय मात्र होइन, यो दुई दशक लामो संघर्ष, निरन्तर जनसम्पर्क र समावेशी राजनीतिप्रतिको प्रतिबद्धताको प्रतिफल हो।

मुस्लिम समुदायबाट राजनीति क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएकी खातुन विगत करिब २० वर्षदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ। सामाजिक, आर्थिक र सांस्कृतिक चुनौतीबीच पनि उहाँले राजनीतिक यात्रालाई निरन्तरता दिनु भएको छ, जुन आफैंमा उदाहरणीय मानिन्छ। राजनीतिसँगै उहाँ १९ वर्षदेखि व्यवसायमा पनि संलग्न रहँदै आत्मनिर्भर महिला नेतृको परिचय स्थापित गर्न सफल हुनु भएको छ।

खातुनको राजनीतिक पकड मुस्लिम समुदायमा मात्र सीमित छैन। अन्य समुदायसँग समेत राम्रो सम्बन्ध, विश्वास र पहुँच बनाएकै कारण समानुपातिक तर्फ अन्य उम्मेदवारको तुलनामा राम्रो मत ल्याउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ। स्थानीय तहदेखि केन्द्रसम्म उहाँको नाम सम्मानका साथ लिइन्छ।

गरिब, दुःखी र विपन्न वर्गको सहयोगमा सधैं अग्रपंक्तिमा देखिने खातुन जनसेवामा रुचि राख्ने नेतृका रूपमा परिचित हुनुहुन्छ। प्राकृतिक विपद्, सामाजिक समस्या वा व्यक्तिगत पीडामा परेका नागरिकलाई सहयोग गर्न उहाँ कहिल्यै पछि हट्नुभएन। यही व्यवहारले उहाँलाई ‘नेतृ’ भन्दा पनि ‘आफ्नो मान्छे’को रूपमा स्थापित गरेको स्थानीयहरूको भनाइ छ।

राजनीतिक यात्रामा उहाँले पार्टीको वडा कमिटीबाट सुरु गरी प्रदेश स्तरसम्म पुग्दा कहिल्यै लाभको पद खोज्नु भएन। अवसर आए पनि सिद्धान्त, संगठन र जनसेवालाई प्राथमिकतामा राख्दै अघि बढ्नु उहाँको राजनीतिक विशेषता हो। सरल जीवनशैली, स्पष्ट बोली र प्रभावशाली प्रस्तुतिले उहाँलाई फरक पहिचान दिलाएको छ।

यही फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दा, पार्टीले यदि खातुनलाई टिकट प्रदान गरेमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने विश्वास आम जनसमुदायमा देखिन्छ। समावेशी प्रतिनिधित्व, महिला नेतृत्व र अल्पसंख्यक समुदायको आवाजलाई संसदसम्म पुर्‍याउन कसमीरा खातुन उपयुक्त पात्र भएको जनमत बलियो बन्दै गएको छ।

संघीय संसदमा कसमीरा खातुनको उपस्थिति केवल एक व्यक्तिको सफलता मात्र नभई, बाँके क्षेत्र नं. २ का विविध समुदायको साझा प्रतिनिधित्व र आशाको प्रतीक बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार