मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
गाँउपालिका अध्यक्षको नेतृत्वमा वडा अध्यक्षको टोली डुवान ग्रस्त क्षेत्रको अनुगमन गर्दै
२० अशोज २०७९, बिहीबार

बाँके । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित आफू टोल, टोलको अनुगमन गरी रहेको छु ।”

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भन्नुभयो, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परीरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरुलाई अपिल गरेको बताउनु भयो । 

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उहाँले गुनासो गर्नु भयो ।

घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानियले घरदेखि माथि पाल टाँगेर वस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर वस्नु परेको स्थानिय लियाकत साईले बताउनु भयो । 

यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकरी दिनु भयो । बाढी प्रभावित बस्तीको अनुगमन गर्न वडा नं. १ का अध्यक्ष इसाक जोलाह, २ का मसूद अहमद शाह, ३ का अजय मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ का प्रेम मौर्य पुग्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै