मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्न उधोग समितिले उपसमिति बनाउने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरुको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीहरुको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अब्दुल खाँनले जानकारी दिए ।

बैठकले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रुपमा कायम गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए । त्यस्तै, बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थमन्त्रालयसंग जानकारी लिने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधहरुसँग छलफल भएको थियो । उनीहरुले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार