मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सदभाव कायम गर्न नागरिक समाजको अपिल
नागरिक समाजको अपिल: तोडफोड भएका पिडितलाई तत्काल क्षतिपूर्ति दिनु पर्छ

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

बाँके ।  बाँके जिल्लाको नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न बाँके स्थित नागरिक समाजका तर्फबाट अपिल गरिएको छ ।

केही दिन यता नेपालगञ्जमा बढिरहेको धार्मिक तनावले नेपालगञ्जको सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै नागरिक समाजका तर्फबाट अपिल गरिएको हो ।

नागरिक समाजका प्रतिनिधिमुलक संस्थाहरुका तर्फबाट बिज्ञप्ती जारी गर्दै उक्त अपिल गरिएको हो ।

जारी बिज्ञप्तीमा सामाजिक संजालमा लेखिएको स्टाटस, सो स्टाटस बिरुद्ध असोज १४ गते मुस्लिम समुदायले गरेको बिरोध र्याली, असोज १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा बिबाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा झडप लगायतका घटनाहरु घट्नु दुःखद रहेको उल्लेख छ ।

बिभिन्न प्रतिनिधिमुलक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिन नदिन कानुन बिपरितका कार्य गर्ने जो कोहिलाई कानुनी कठघरामा ल्याउन, नागरिकहरुको जिउधनको सुरक्षा गर्न प्रहरी, प्रशासनसङ्ग जोडदार माग गरेका छन् ।

जारी बिज्ञप्तीमा बिभिन्न धर्मका धार्मिक गुरु, अगुवा, नागरीक समाजका अगुवा, जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतलाई सामाजिक सद्भाव कायम गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

बाँकेका बिभिन्न ठाउँहरुमा भएको झडपका क्रममा भएको सम्पत्ति तोडफोडको मुल्यांकन गरि तत्काल क्षतिपुर्तिको व्यवस्था गर्न माग बिज्ञप्ती मार्फत माग गरिएको छ ।

झडपका क्रममा घाईते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अपिल गर्दै बिज्ञप्तीमा अवस्था सहज हुँदै गएपनि सर्बसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एबं शान्ति भंग हुन जाने स्थितीलाई मध्येनजर गर्दै उच्च सुरक्षा सर्तकता अपनाउन प्रहरी, प्रशासनसँग जोडदार माग गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ– संबेदनशिल क्षेत्रहरुमा सुरक्षा व्यवस्थालाई कडा पार्न अपिल गर्दछौं । बिज्ञप्तीको अन्तमा भनिएको छ –साईवर अपराध सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सञ्जालका माध्यमबाट भईरहेको अराजकतालाई नियन्त्रण, नियमन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।

नागरिक समाजको तर्फबाट बिज्ञप्ती जारी गर्नेहरुमा नागरिक सरोकार समिति, बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपालगञ्ज उपमहानगरपालिका, बाँकका पूर्ब उपप्रमुख उमा थापा मगर, नेपालगञ्ज उद्योग बाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामी, अध्यक्ष, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, धर्मलाल रोकाय, उच्च अदालत बार एसोसिएसन, नेपालञ्जका अध्यक्ष चित्र बहादुर शाही, अधिकारकर्मी रबिन्द्र कर्ण, , गैर सरकारी संस्था महासंघ, नेपाल, बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, थर्ड एलायन्स, नेपालगञ्जका प्रमुख आलम खान, नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष मधु खड्का, फातिमा फाउण्डेसन, नेपालगञ्ज, बाँकेका अध्यक्ष मैमुना सिद्धिकी, नेपाली उपभोक्ता संरक्षण महासंघ, बाँकेका अध्यक्ष डा. बिनोद कर्ण, मिलाप, नेपालगञ्जका अध्यक्ष रमेश राज रेग्मी, ड्युकम नेपालका अध्यक्ष मुस्ताक अलि राई, सामाजिक अभियन्ता साहिल अन्सारी, महिला जागृती शेल, नेपालगञ्जका अध्यक्ष लक्ष्मी श्रेष्ठ, धम्बोझी मा.बि. नेपालगञ्जका पूर्ब प्राचार्य किरण आचार्य, बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिब कुमार बर्मा, नेपाल घरेलु महासंघ, नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दिला शाह रहेका छन् ।

यसैगरी बिज्ञप्ती जारी गर्नेहरुमा जिल्ला युवा क्लब सञ्जाल, बाँकेका अध्यक्ष आशिष बर्मा, मनोबिमर्शकर्ता सुमन धिमाल, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, नाईस नेपालगञ्जका कार्यबाहक अध्यक्ष शोभा थापा मगर, राईजिंग आईडल्स बाँकेका राजन बर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरिञ्जवी वली र क्यान बाँकेका पूर्ब अध्यक्ष भोजराज तिमिल्सिना रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार