मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

माओवादीप्रति जनतामा लहर बढेको छ ः अध्यक्ष प्रचण्ड

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामहरुले गर्दा जनतामा माओवादीप्रति फेरी विश्वास बढाउने काम गरेको बताउनुभयो । 

उहाँले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठुलो विश्वास गरेर अपार समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा बिचमा जनसमर्थन घटेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सानो समयमा भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकोले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताउनुभयो । उहाँले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशा जागृत गरिएको पनि स्पष्ट पार्नुभयो ।

सोही कारणले अब माओवादीलाई कसैको वैशाखी नचाहिएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ सालमा एक्लै निर्वाचनमा सहभागी हुने र कसैले नसोचेको परिणाम ल्याउने उद्घोष गर्नुभयो । 

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीहरुले बनाएको असंवैधानिक सरकार भएको दाबी गर्दै उहाँले आफ्नो सरकारले गरेको भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएर बिचौलियाहरुले यो सरकार गठन गराएकोले यसको आयु पनि धेरै लामो नभएको दाबी गर्नुभयो ।  

माओवादी पार्टी फुट्न थाल्यो र जनार्दन शर्माले पार्टी फुटाउन थाले भनेर देशभरि वाहियात हल्ला चलाइएको जनाउँदै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकले पार्टीलाई एक ढिक्का गरेर त्यस्तो हल्ला मचाउनेहरुलाई कडा जवाफ दिइसकेको प्रष्ट पार्नुभयो । आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामका बारेमा शहीद परिवार, अङ्गभङ्ग भएकाका परिवार, तत्कालिन जनसेनाका परिवार र जनताको घर दैलोमा पुगेर प्रष्ट रुपमा जानकारी गराउन अध्यक्ष प्रचण्डले जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो । 

उहाँले बाँके जिल्ला मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकोले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवाहरुलाई स्थापित गर्न जिल्ला नेतृत्व र केन्द्रबाट खटिएका नेताहरुलाई निर्देशन दिनुभयो । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, नेतृ पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी, पूर्व मन्त्री बलदेव शर्मा, महेश्वर गहतराज अथकलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार